४ श्रावण २०८१, शुक्रबार

बर्दियाबाट लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ
  • न्युज मानसराेवर

बर्दिया:प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुरबाट प्रतिबन्धित लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ११ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech