८ श्रावण २०८१, मंगलवार

आर्कषक गन्तब्य, उत्कृष्ट रोजाई गोरखा स्कुल

राजधानिको शिक्षण सिकाई अव कोहलपुरमै

  • प्रमोद रिजाल

कोहलपुर,बाँके:एसईई दिएर वसेका र रिजल्टको बेग्र प्रतिक्षामा रहेका विद्यार्थीहरुकालागि यति वेला आफनो सुन्दर करिअर निर्माणमा छुट्टै रन्को छ । कुन विषय पढ्ने कहाँ पढने भन्ने जिज्ञासाले विद्यार्थीहरु विभिन्न कलेज तथा स्कुलहरुमा बुझ्न जाने क्रम यतिबेला ह्वात्त बढेको छ । एसईई पछि विद्यार्थीको रोजाइ र अभिभावकको रोजाईमा मतान्तर हुने गरेको हामीमाझ छर्लङ्ग नै छ तथापि अधिकांश अभिभावकले आफ्नो छोराछोरीहरु राम्रो उच्च शिक्षा पाउन भन्ने चाहना राखेर नै आफनो नजरमा परेका स्कुल कलेजहरुमा जान फोर्स गर्ने गरेतापनि विद्यार्थीहरुलाई आफुले पढ्न सक्ने र रुचीको विषयलाई विद्यार्थीको प्राथमिकतामा राखिदिनपर्छ ।

उच्चतम प्रतिफल दिने शिक्षाका सवालमा विषय र विद्यालय रोजाई दुइवटा कुरामा निर्भर हुन्छ । विषय रोजाई विद्यार्थीको अन्तर रुचीसँग सम्वद्ध हुन्छ भने सँगसगै विषय पनि पूर्व दक्षत सवलताको सुचिमा गनिन्छ । विद्यालय रोजाईका सवालमा दक्ष शिक्षक र उत्कृष्ट शिक्षण पद्दति तथा स्तरीय भौतिक पूर्वाधारको आवश्यकता नहुने झन कुरै भएन ।

केहि बर्ष यता बाँके जिल्लामा नेपालगञ्ज र कोहलपुर क्षेत्र अन्तर्गतका केहि विद्यालयहरुले राजधानिकै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गर्दै विद्यार्थीहरुलाई राजधानी काठमाण्डौमा नै ठूलो धनराशी खर्चेर विभिन्न समस्याहरुलाई झेलेर शिक्षा आर्जन गर्ने बाध्यतालाई केहि हद सम्म कम गर्दै गरेको समय धेरै भई सकेको छैन । विशेष त मानवीय एंव सामाजिक विकासको निम्ति निजी क्षेत्रमा स्तरीय माध्यमिक विद्यालयको प्रतिस्पर्धा बढदै गरेको अवस्थामा अव्वल उदाहरणका रुपमा कोहलपुर २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुललाई समेत लिने गरिएको छ ।

२०५७ सालबाट प्राराम्भिक शिक्षा सुभारम्भ गरेको गोरखाले आफनो स्थापनाको ८ वर्षपछि शैक्षिक सत्र २०६५ शुरुवातमा कोहलपुर क्षेत्रको आवश्यकतालाई मधयनजर राख्दै कक्षा ११ तर्फ विज्ञान संकायको सञ्चालनको अनुमति लिई पहिलो पटक संस्थागत विद्यालयहरुमा कक्षा ११ सञ्चालन गर्ने विद्यालयहरुमा आफनो नाम दर्ज गराउन सफल भयो ।

सञ्चालनको दोस्रो वर्ष व्यवस्थापन संकायको समेत अध्यापन सुरु गरेको गोरखाले हाल कक्षा १२ तर्फ १४ औँ व्याच सम्म आइपुग्दा १३०० विद्यार्थीहरु पास आउट गराउन सफल भएको छ । गोरखामा अध्यन गरेकाहरु विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसर सम्म भएको अनुभव सुनाउदै विद्यालयका संस्थापक सञ्चालक केशर वहादुर आले मगरले आफनो स्कुलद्धारा उत्पादित जनशक्तिले आ–आफ्नो कार्य क्षेत्रमा सभ्य र सौम्यरुपमा योग्दान र दक्षता देखाइ रहेको दावि गर्छन ।

कक्षा १२ तर्फको बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल गोरखाले एस.एल.सी/एसईई परीक्षाको नतिजा र विद्यालय स्तरीयकरण मूल्याङ्कनमा समेत यो संस्था दशौं वर्षदेखि ‘क’ श्रैणीमा कायम राख्न सफल भएको छ । अबको २१ औं शताब्दी डिजिटल शताब्दी भएकाले पनि शिक्षण पद्धती समेत डिजिटल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ राख्दै यसै शैक्षिक सत्र देखि हरेक कक्षाकोठामा स्मार्टबोर्ड मार्फत पठन–पाठन शुरु हुने सञ्चालक आलेको दावि छ ।

पुस्तकले ज्ञान त दियो व्यवहारिक शिक्षा दिएन त्यसैले आगामी दिनमा प्रविधि मैत्री बिद्यालय बनाउने दृढ लक्ष्यका साथ अगाडी बढ्ने सोचमा छौं आलेको कथन छ। विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व हो, हो हामी त्यहि पथमा लम्किरहेका छौं मुल्यांकन त अभिभावकहरुले गर्नुभएकै होला भन्दै आलेले गोरखाले यो चुनौतिप्रति सचेत रहि विद्यार्थीहरुलाई गुणात्मक शिक्षा उपलब्ध गराउन प्रतिवद्ध रहेको जिकिर गर्छन ।

आफ्नै स्वामित्वको अढाई बिगाहा क्षेत्रफलमा फैलिएको सुविद्या सम्पन्न भौतिक पूर्वाधार, शान्त वातावरण भएको गोरखामा मल्टीमिडिया प्रोजेक्टर तथा स्मार्टबोर्ड जडित उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्टरनेट सहित कम्प्युटर ल्याव, सभाहल, खानपिनका लागि चमेना गृह, व्यवस्थित खेल मैदान र यातायात सुविधा छन । विद्यार्थीलाई शैक्षिक भ्रमण अन्र्तगत देशको विभिन्न भागमा स्थलगत अवलोकन गराउने गरेको गोरखा साँच्चिकै विद्यार्थीहरुकालागि आर्कषक गन्तब्य बनेको छ भने उत्कृष्ट रोजाईमा समेत पर्न सफल भएको छ ।

कुनै समयमा साविक मध्यपश्चिममै अव्वल शैक्षिक गन्तब्यको रुपमा चिनिएको कोहलपुर २ मा रहेको गोरखा, गोरखा ब्रान्ड भने यसै भएको होईन । शुरुका दिनहरुमा निकै शंघर्षको गर्दै त्यहि शंघर्षको कापवाट उदयमान वनाउन सफल भने ६० को दशकमा हिडदै गरेका शैक्षिक अभियान्ता केशर वहादुर आलेलाई नै जाने गरेको छ । विद्यार्थी र अभिभावकसँग अहिले सम्म कमाएको पूँजी भनेकै विश्वसनीयता र गुणस्तर हो आलेको भनाई छ । गोरखाको शैक्षिक सफलताको कारण निजी क्षेत्रमा स्थापना र विकसित भैरहेको शैक्षिक संस्थाहरु मध्ये एक नमूना र अग्रणी शैक्षिक संस्थाको रुपमा सेवामूखी भावना र समर्पणको प्रतिफल हो ।

गुणस्तरीय शिक्षाको लागि सकारात्मक सोचको विकास भन्ने आफनो मूल नाराका साथ अगाडी बढिरहेको विद्यालयले अभिभावकको चाहना र आवश्यकता अनुसार जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने खालको शुल्कबाट सञ्चालित यस विद्यालयले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याइ यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एंव गरिव, दलित, खेलाडी आदि विद्यार्थीको लागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयको दावि छ । यस शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कोटा विज्ञान संकायमा ८० जना र व्यवस्थापन संकायमा ४० जना रहेको छ समेत विद्यालयले जानकारी दिएको छ ।

यावत हिसावले गोरखा स्कुल आधारभूत तहदेखि स्नातक तह सम्मको कृषि प्राविधिक विषय समेत सञ्चालन गर्ने एउटा पूर्ण संस्था वन्न पुगेको छ । शिक्षक, अभिभावक तथा विद्यार्थी बीच निरन्तर अन्तर क्रियात्मक कार्यक्रमले यो शैक्षिक संस्था गुणस्तरीय शिक्षा दिन अब्बल रहदै आएको मात्र होईन गोरखा स्कुल सबैको दृष्टीमा एक ब्रान्ड नै बनिसकेको भन्ने आधारहरु तय गर्दछ ।

  • १२ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech