कोहलपुर,बाँके:राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्। ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए।
पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन सार्वजनिक गरेको भन्दै रास्वपाभित्र उनको आलोचना भएको थियो। प्रतिवेदनमा उनले पार्टी काठमाडौं केन्द्रित मात्रै भएको, नेताहरू सुविधाभोगी भएको, पुँजी नभएकालाई पार्टीमा स्थान नदिएकाे लगायतका विषय उल्लेख गरेका छन्।
उनको प्रतिवेदनमाथि बुधबार रास्वपा केन्द्रीय समिति बैठकमा छलफल भएको थियो। ढकालले आफूले तयार पारेको प्रतिवेदन बैठक लाइभ गरेर सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए।
प्रतिवेदनमाथिको छलफल सकिएपछि आएका प्रश्नको जवाफ दिन ढकाललाई समय दिइएको थियो। तर, उनले बोल्न अस्वीकार गरेका थिए।त्यसपछि रास्वपाले पार्टी अनुशासन उल्लघंन गरेको भन्दै ढकाललाई एक साताका लागि पार्टी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको थियो।
पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस pratibedan २०८१०३१२