२३ भाद्र २०८१, आईतवार

एन प्याब्सन आवद्ध विद्यालयहरु मध्य एसईईमा छात्रातर्फ तक्षशिला र छात्रतर्फ पञ्चमुखि बाँके टप
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गरेको हो ।

बाँके जिल्लामा एन प्याब्सनमा आबद्ध भएका विद्यालयहरुको नतिजा अनुसार कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले छात्रा तर्फ बाँके टप गर्न सफल भएको छ । २०८० को एसईई परिक्षामा बाँकेमा आबद्ध विद्यालयमध्ये बाँके भरिका सबै भन्दा बढी जिपिए लिएर छात्रातर्फ तक्षशिला एकेडेमीकी निलम खड्कालाई पुरस्कृत भएकी हुन । संक्षिप्त प्रतिक्रिया दिंदै विद्यालयका अध्यक्ष विष्णु वेल्वासेले अनुशासित र परीश्रमी खडकाको सफलताले विद्यालयको कद बढाएको बताएका छन । उनले तक्षशिलाले अध्यन अध्यापनमा नयाँ नयाँ प्रबिविको उच्चतम प्रयोग गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सदैब लागिपर्ने वेल्वासेको भनाई छ ।

यसैगरि शैक्षिक सत्र २०८० को एसईर्ई परिक्षामा एन प्याब्सन आबद्ध विद्यालयहरु मध्य   बाँके जिल्ला टप कोहलपुरकै पञ्चमुखि स्कुलका छात्र सुमित यादव भएका छन ।

जिल्लामा २०८० सालको एसइइमा अर्घाखाँचीका दिक्षान्त चुँदालीलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरीएको छ ।  चुँदालीले ३.९६ जिपी अंक ल्याएर प्रदेश उत्कृष्ट भएका हुन् ।

त्यस्तै जिल्लाबाट उत्कृष्ट भई सम्मानित हुनेहरुमा बाँकेबाट निलम खड्काका साथसाथै समीक्षा थापा, सुमित यादव, बाबुराम शर्मा रहेका छन । बर्दियाबाट जेनिशा सेधाई, सुजन पौडेल,दाङबाट अश्लेशा धिताल, सुगम केसी, रुपन्देहीबाट सिदान्त चतुर्बेदी, मोनालिशा सुवेदी, कपिलबस्तुबाट बालकृष्ण कोहार, स्नेहा चौधरी, अर्घाखाँचीबाट नाइसा बेल्बासे तथा नबलपरासीबाट सामना न्यौपाने र प्रसिद्ध अधिकारी सम्मानित भएका छन ।

यस्तै गुल्मीबाट रबिन क्षेत्री र प्रतिभा भण्डारी सम्मानित भएका छन् । उनीहरुलाई नगद पाँच हजार तथा प्रमाण-पत्रले सम्मान गरिएको हो ।नेशनल प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी सम्मान कार्यक्रमको संयोजक नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका सह-कोषाध्यक्ष कमल पछाई रहेका थिए।

  • २ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech