कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाको वडा नं. ११ मा वनेको नवनिर्मित टर्मिनल भवनको माथिल्ला तलाहरुमा सुतिजन्य पदार्थ खाएर कुरुप पारिएको र वियरका वोत्तल समेत यत्रतत्र फेला परेपछि टर्मिनल भवन मदिरा तथा सुर्तिजन्य सेवनकर्ताका लागि सुरक्षित स्थल बन्दै गरेको वारे न्युज मानसरोवरले सञ्चालनको एक बर्षमै कुरुप बन्दै कोहलपुर नयाँ बसपार्क,टर्मिनल भवनमै भेटिए वियरका वोत्तल र सुर्तिजन्य पदार्थ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको २४ घण्टा नवित्दै उक्त स्थानहरुमा अविलम्ब सरसफाई गरि टर्मिनल भवनका माथिल्ला तलामा रहेका कोठाहरु सफा र सुरक्षित वनाईएको पाईएको छ ।
बागेश्वरी यातायात प्रा.लि.को ब्यबस्थापन जिम्मेवारीमा रहेको वसपार्कको यो भवन बहुआयामिक रुपमा लिईएको भएपनि प्रयोगमा नआउदा कुरुप हुदै गएपछि समाचार प्रकाशित गरिएको थियो । २४ घण्टा नवित्दै सफाई एबं सुरक्षित राख्न निर्देशन दिएपछि बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्य सबैको तर्फवाट धन्यवादका पात्र वन्न सफल भएका छन ।
समाचार पश्चात उक्त भवनका माथिल्लो तलामा जानलाई मुख्य प्रबेश स्थलमा प्रबेश निशेध लेखिनुका साथै सबै कोठाहरुमा सरसफाई गरि ताला लगाईएको अवस्थामा भेटिएको फलो अपमा गएका न्युज मानसरोवरका समाचारदाताले वताएका छन । टर्मिनल भवनमा विभिन्न सुर्तिजन्य पदार्थ खाएर जथाभावि थुकेको कुरुप अवस्थालाई केहि हद सम्म सफा गरेको पाईयो तर वाहिरी वातावरणमा भने मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरण भने निर्वाध रुपमा भईरहेको पाईएको छ । छतमा प्रबेश गर्ने ढोका भने कवाड भई फालिएको अवस्थामा पायौं आशा गरौ यो ढोका पनि पुन मर्मत भई वन्द रहनेछ समाचारदाताको भनाई छ ।
सार्वजनिक स्थलको वरपर १०० मीटर सम्म मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न नेपाल सरकारले प्रतिबन्ध गरेको छ तर कोहलपुरको नयाँ बसपार्क वरपर भने यो नियम लागुहुन सकेको छैन । वरपरका होटल तथा पसलहरुमा निर्बाध मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरण भईरहेको छ । नियामक निकायले समेत चासो नदिएपछि यस्ता कारोवारले प्रश्रय पाईरहेको हो । प्रचलित कानुनले सार्वजनिक स्थल वरपर (१०० मिटर आसपास) मदिरा र सुर्तिजन्य पदार्थ सेवन तथा बिक्रि वितरणमा प्रतिवन्ध लगाएको भएपनि कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको एक युनिट समेत वसपार्क भित्र भएपनि हटाउन वा चेतावनी दिएको पाईदैन । स्थानिय सरकारले त यस बिषयमा अन्देखा नै गरेको छ अभियान्ता भुम भण्डारी भन्छन ।
वसपार्क भित्रै मदिरा सेवन गर्न पाउने भएपछि लामो तथा छोटो दुरुको यात्रा गर्ने यात्रुहरुले मदिरा सेवन गरि यात्रा गर्ने प्रबृती बढदै गएको र यसले यात्रालाई असहज वनाएको कोहलपुरवाट रुकुम यात्रा गर्दै गरेका शैलेन्द्र गौतमले न्युज मानसरोवरसंग कुराकानिका क्रममा भने ।
गाडि चढिसक्नु हुदैन पुरै गाडि नै मदिरा गनाउने गरि प्राय सवैले खाएका हुन्छन , वाटोभरि हल्ला खल्ला गर्दै अन्य यात्रुलाई समेत असर पारिरहन्छ तर यात्रा गर्नु नै पर्ने हुन्छ उनले भने यात्रा गर्दा गरिने यस्ता मदिरा सेवनले अरुलाई पनि असर गरिरहेकावारे कुन निकायले अनुगमण गरि नियन्त्रण गर्ने हो खै यो बेथीतीबारे दिग्दारीपना पोख्दै गौतम अगाडि थप्छन ।