२७ भाद्र २०८१, बिहीबार

कोहलपुरमा माननिय ढकाल र विद्यार्थी आमने सामने (फोटो फिचर)

नेपालको राजनिती, संसदिय अभ्यास संविधान, ऐन कानुन र नियमका बिषयमा मात्र हैन शुसासन र भ्रष्टाचारका सवाल

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य ढकाललाई कोहलपुर २ मनकामनाचोकमा रहेको  मनकामना पब्लिक एकेडेमीमा कक्षा ८ मा अध्यनरत छात्रा अनुष्का भण्डारीले नेपालमा अहिले सम्म कतिवटा संविधान बने ! भन्ने प्रश्न गरिन उनको प्रतिउत्तर लगाउन नपाउदै सांसद ढकाललाई अर्का छात्र विष्णु सिंहले सांसद र संसदमा के भिन्नता छ ?  सांसद भनेको के हो ? भन्ने प्रश्न तेस्राईहाले । विद्यार्थीले कक्षा ८ को सामाजिक बिषय एकाई ३ नागरिक चेतनाको पाठ्यबस्तुसङ्ग आधारित भएर आयोजित ‘विद्यार्थीसंग माननीय’ कार्यक्रममा संघिय सांसद ढकाललाई प्रश्नका बर्षा गरेका हुन ।

गर्मिको मौसम विद्यार्थीका प्रश्नमा प्रतिउत्तर लगाउदा लगाउदै असिन पसिन भएका सांसद ढकालले विद्यार्थीहरुलाई सहज तरिकाले बुझने गरि नेपालको राजनिती, संसदिय अभ्यास संविधान, ऐन कानुन र नियमका बिषयमा मात्र हैन शुसासन र भ्रष्टाचारका सवालमा समेत विद्यार्थीहरुसंग आमने सामने गर्दै प्रश्नका बाछिटाहरुलाई सामना गरेका छन ।

विद्यार्थीहरु आश्विन केसि , सुरेन्द्र बस्नेत , प्रिन्स शाहि, आर्जु घर्ती मगर, सपना गौतम, जिया कार्की, नितिशा जैसि, जेनिशा खडका, संध्या थापा मगर, हिमाल मगर, सुरक्षा थापा,कृष्ण खत्री, मुकेश भट्टराई लगाएतले बिधयक के हो ? यस्का बन्ने प्रक्रिया के हुन ? संघ, प्रदेश र स्थानिय सरकार गठन प्रक्रिया, तीनै तहका सरकारका काम कर्तब्य र अधिकार, प्रदेश संख्या,स्थानिय तह संख्या तथा वडा संख्या देखि सरकार बन्ने अवस्था सम्मका प्रश्नहरु गरेका थिए ।

विद्यार्थीहरुले विकास निर्माण देखि शिक्षा स्वास्थ्यका सवालमा समेत प्रश्न बर्षाउँदा माननीय ढकाललाई करिव २ घण्टा प्रतिउत्तर लाउन समय लागेको थियो ।
पाठ्यपुस्तकमा भएका बिषयवस्तुलाई विद्यार्थीहरुले निर्धक्क आफनो मनमा लागेका कौतुहलताका प्रश्नहरु गरेपनि ढकालले विद्यार्थीका सवालहरुलाई सरलिकरण गर्दै जवाफ दिएका थिए ।

नौलो अभ्यास जस्तो देखिने कक्षा ८ को पाठ्यक्रममा नागरिक चेतना बिषयमा यस्ता सवालहरुवारे अध्यापन गराईने भएकाले आफनै क्षेत्रका माननीयसंग विद्यालयले विद्यार्थीसंग माननीय कार्यक्रम राखेको हो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा विद्यालयका संस्थापक ओम प्रकास चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीसंग माननीय कार्यक्रम राख्नुको सवालवारे प्रष्ट पार्दै  विद्यालयका संस्थापक एबं प्रिन्सिपल नवकिरण शाहले विद्यार्थीहरुलाई घोकन्ते शिक्षा भन्दा पनि प्रयोगात्मक शिक्षालाई जोड दिन पाठ्यपुस्तकमा आधारित भएर नै सवाल जवाफको कार्यक्रम राखिएको जिकिर गरे । उनले यस्ता सवाल जवाफका कार्यक्रमले विद्यार्थीहरुको कलिलो मानसपटलमा अमिट छाप रहने विश्वासकासाथ वाक कलाको विकास र प्रश्न गर्ने कलाको विकास हुने अपेक्षाकासाथ कार्यक्रमको आयोजना गरेको वताए ।

साविक लर्ड बुद्द एकेडेमी गत बर्षको फाल्गुणवाट नयाँ ब्यबस्थापनका साथ मनकामना एकेडेमीका नामवाट सञ्चालित विद्यालय हो । कोभिडपछि करिव बन्दको स्थितीसम्म पुगेको विद्यालयले नयाँ ब्यबस्थापन पाएपछि नयाँ जिन्दगी पाएको भन्दै निरन्तर सोहि विद्यालयमा अध्यापन गरिरहेका शिक्षक कैलाश पाण्डेले विद्यार्थीसंग माननीय कार्यक्रमको सहजिकरण गरेका थिए ।

विद्यार्थीसंग माननीय कार्यक्रममा उपस्थित भएर गहन तरिकाले सवाल जवाफ सुनेका नगर शिक्षा अधिकृत रविलाल मिजारले कार्यक्रमको समिक्षात्मक टिप्पणी गरेका थिए । विद्यार्थीहरुका अभिभावक समेत आफना वालवालिकाहरुको सवाल जवाफ कार्यक्रम सुन्न आएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी,पत्रकार तथा विद्यालय ब्यबस्थापन समितीका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

मनकामना एकेडेमी हाल कक्षा ८ सम्म सञ्चालित रहेको र करिवन ३६० विद्यार्थीहरुले विद्यालयवाट शिक्षा लिईरहेका छन । विद्यालयले नगरले तोकेको १० प्रतिशतमा ६ प्रतिशत थप गरेर गरिव, जेहन्दार, पिछडिएका क्षेत्र दलित,जनजाती तथा सरकारले तोकेको कल्ष्टरका विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गर्दै शिक्षामा सामान्य नागरिकका छोरा छोरीलाई पनि निजि विद्यालयमा अध्यन गर्न सक्ने वातावरण क्रियट गरिएको  विद्यालय प्रशासनले जनाएको छ ।

भिडियो

 

 

 

  • २२ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech