२७ भाद्र २०८१, बिहीबार

कोहलपुर नगरपालिका परिसरमा भण्डारीले छेडे शान्तिपुर्ण आन्दोलनको जेहाद (भिडियो)

वजार क्षेत्रभित्रपर्ने पुरोनो बसपार्कलाई खण्डहरको अवस्थामा लगेको, नयाँ बसपार्कको सपिङकम्प्लेक्स अहिले सम्म भाडामा लगाउन नसकेको

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकाले जनसरोकारका बिषयहरु सार्वजनिक नगरेको भन्दै अभियान्ता भुम भण्डारीले शान्तिपुर्ण आन्दोलनको थालनि गरेका छन । आन्दोलनको झिल्को सानो नहुने भन्दै भण्डारीले आफनो जनसरोकारको आन्दोलन भुसको आगो भएर स्थानिय सरकारका विरुद्ध जेहाद छेडने ल्याकत राख्ने जिकिर गरेका छन । भण्डारीले कोहलपुर नगर कार्यपालिकाले गरेका निर्णयहरु समेत कार्यान्वयन नगरेको, कक्षा ८ को बिएलई घटनाका दोषिहरुलाई कारवाहि गर्न नसकेको र जन सर्वसाधारणका जनजिविकाका सवालहरुमा स्थानिय सरकार मुक दर्शक भई बसेको जस्ता आरोप लगाउदै भण्डारी आज पहिलो दिन नगर कार्यपालिकाको गेटमा प्ले कार्ड सहित २ घण्टा धर्ना बसेका हुन ।

धर्ना कार्यक्रमको शुभारम्भ गर्दै अभियान्ता भण्डारीले अघिल्लो सरकारले कोहलपुरको संबृद्धि नै ठुला ठुला सेता र चिल्ला महलहरु बनाएर आफनो कार्यकाल विताएको स्मरण गर्दै उनले वर्तमान सरकार पनि रुख रोपेर मात्र संबृद्धि हुने सपना बुनेर अगाडि बढिरहेको आरोप लगाए । जनताका आधारभुत आबश्यकताहरु गास,बास र कपास एबं स्वास्थ्य, शिक्षा, खानेपानीका सवालमा स्थानिय सरकारले उल्लेख्य काम गर्न नसकेको तर विद्यालयहरुमा सिसिटिभि जडान गर्दै आतंक सिर्जना गरि संबृद्धि भएको भन्दै मख्ख परेको वताए ।

नगरपालिकाले गर्ने हेर क्रियाकलापमा आफना आसेपासे पोष्ने काम भएको जनताले प्रत्यक्ष लाभ लिने खालका योजनाहरु अगाडि सार्न नसकेको वजार क्षेत्रभित्रपर्ने पुरोनो बसपार्कलाई खण्डहरको अवस्थामा लगेको, नयाँ बसपार्कको सपिङकम्प्लेक्स अहिले सम्म भाडामा लगाउन नसकेको, वजार क्षेत्रका पार्क तथा खालि स्थानहरु ब्यबस्थित गर्न नसकिरहेको बेला पिपिरीको जंगलमा पाकिंङ वनाई अनुत्पादक काम गरेको जस्ता तमाम अनावश्यक कामहरु आफुले टुलुटुलु हेर्न नसकेको र एक सचेत नागरिकको हैसियतले शान्तिपुर्ण आन्दोलनको जेहाद छोडनुको विकल्प नभएको भन्दै आन्दोलमा आम कोहलपुरवासिका मौन सर्मथन आफुले पाईरहेको समेत दावि गरेका छन ।

उनले आफना मागहरु केहि दिन अगाडि मात्र नगरपालिकालाई ५ दिने अल्टिमेटम दिदै पेश गरेको भएपनि उक्त मागहरुकाबारे नगरपालिकाले नजरअन्दाज गरेपछि आन्दोलमा होमिएको वताएका छन । कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन सहित आर्थिक वर्ष ०७९/०८० र आर्थिक वर्ष ०८०/०८१ को सम्पूर्ण आय ब्यय र बेरुजु विवरण सार्वजनिक हुनुपर्ने एजेण्डा सहित दवाव कार्यक्रममा उत्रिएका युवाहरुले कोहलपुर नगरपालिका कार्यालयद्वारा आर्थिक वर्ष ०७९/०८० र २०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी, करार, अस्थायी कर्मचारी र शिक्षकको विवरण सार्वजनिक गर्नुपर्ने माग समेत अगाडी सारेका छन । त्यसैगरी कोहलपुर नगर क्षेत्रभित्र संचालित पार्क भ्युटावर, स्विमिङ्ग, स्केटिङ लगायत अन्य सिकाई केन्द्रमा विध्यार्थी तथा सिकारु भर्ना र सुरक्षा संवेदनशिलता मुताविक जोखिम बिमा आवश्यक छ ! छैन ? भन्ने आधिकारीक धारणा समेत सार्वजनिक गर्न माग गरेका छन ।

कोहलपुर नगरपालिकाद्वारा गरिएको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक रुपान्तरणको विवरण तथा कोहलपुर नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गा कति छ रु कब्जा, अतिक्रमण, भोगाधिकार र बाडिएको जग्गाको अवस्था के-कस्तो छ रु त्यसको विवरण समेत सार्वजनिक हुनुपर्ने माग राखीएको छ ।

आजको शान्तिपुर्ण आन्दोलनमा स्वतस्फुर्तरुपमा कोहलपुर क्षेत्रका २ दर्जन बढि युवाहरुको सहभागिता रहेको थियो भने भोलि बुधवार समेत सोहि समयमा शान्तिपुर्ण धर्नाको कार्यक्रमलाई निरन्तरता दिने उनले जानकारी समेत दिएका छन ।  निरन्तर रुपमा हुने दवाव कार्यक्रम अन्तर्गत शान्तिपुर्ण प्ले-कार्ड प्रर्दशन देखि कार्यालय घेराउ र अर्धनग्न रुपमा प्रर्दशन गर्नेसम्मको तयारी गरीएको भण्डारीले जानकारी दिएका छन ।

भिडियो

  • ४ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech