२७ भाद्र २०८१, बिहीबार

लयमा सेयर बजार : १२७ अंकले सूचक बढ्यो
  • न्युज मानसराेवर

काठमाडौँ:पछिल्ला केही दिनयता सुस्ताउनथालेको सेयरबजारले फेरि लयमा फर्किएको संकेत गरेको छ। सोमबार नेप्से १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको हो। योसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल ३ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

आइतबार ५३.६३ अंकले घटेपछि नेप्से २७ सय विन्दुबाट ओर्लिएको थियो भने कारोबार रकम १० अर्ब ५१ करोडमा संकुचित भएको थियो।सोमबार ४.७२ प्रतिशतले बढेको बजारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ। आज ७ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ। यो सँग यी कम्पनीका लगानीकर्ताले क्रमशः २२.६०, ६१.५०, ६१.५०, ६२.२०, १०५, ६१.६० र १०५.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। लगानीकर्ताले आज ४.७१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

आज गुडविल फाइनान्सको ४६ करोड ५२ लाख, अपि पावरको ४१ करोड ८८ लाख, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली हाइड्रोपावरको २४ करोड र नेपाल फाइनान्सको २३ करोड ८८ लाखको सेयर कारोबार भएको छ। धेरै कारोबार भएका यी कम्पनीहरुको सेयर मूल्य क्रमशः १३३०, ३५३, ८९४.५०, ३२२.६० र १७९४ रुपैयाँ रहेको छ।

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech