१० मंसिर २०८१, सोमबार

कुखुरा बिकास फर्म खजुरा : बार्षिक लक्ष्यको २१ प्रतिशत बढी चल्ला उत्पादन तथा बिक्रि

१० हजार चल्ला फर्ममै राखेर एक लाख ७२ हजार चल्ला किसानलाई बितरण

  • न्युज मानसराेवर

खजुरा:बाँकेको खजुरामा रहेको कुखुरा बिकास फर्मले बार्षिक लक्ष्य भन्दा बढी लोकल कुखुराका चल्ला उत्पादन तथा बिक्रि गरेको छ ।

स्थानीय लोकल जातका कुखुरा संरक्षण गर्नु र किसान मार्पmत प्रबद्र्धन गर्ने उद्देश्यका साथ संञ्चालनमा आएको फर्मले गत आर्थिक बर्ष २०८०/८१ मा बार्षिक लक्ष्यको २१ प्रतिशत बढी चल्ला उत्पादन तथा बिक्रि गरेको छ ।

गत आर्थिक बर्षमा एक लाख ८२ हजार चल्ला उत्पादन गरी बितरण गरेको खुकुरा बिकास फर्मका प्रमुख डा. सुमन खनालले बताए । फर्मलाई एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य टोकिएको थियो । जसमाध्ये १० हजार चल्ला फर्ममै राखेर एक लाख ७२ हजार चल्ला किसानलाई बितरण गरिएको छ जुन बार्षिक लक्ष्यको ३२ हजार बढी चल्ला उत्पादन भएको थियो ।, सोही अनुपातमा राजस्व पनि संकलन गरिएको छ ।

चालु आर्थिक बर्ष २०८१/८२ मा पनि एक लाख ५० हजार कुखुराको चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको छ । यो बर्ष टोकिएको लक्ष्य परा गर्न अफ मेहनतका साथ लागेकाले सजिलै लक्ष्य पुरा हुने प्रमुख डा. खनालले  बताए ।

गत आर्थिक बर्षमा फर्मले चल्ला, कुखुरा र अण्डा बिक्रि गरेर एक करोड ७ लाख २ हजार एक सय ९  रुपैया राजस्व संकलन गरेको छ । अण्डाबाट ७६ लाख १० हजार ७ सय २५, कुखुराबाट २४ लाख ७१ हजार ७ सय ६७ र अण्डाबाट ६ लाख १९ हजार ६ सय १७ रुपैया संकलन भएको प्रमुख डा. खनालले बताए । फर्मले चालु आर्थिक बर्ष २०८१/८२ को साउन र आधा भदौसम्ममा करिब ६ लाख रुपैयाँ राजस्व संकलन गरि सकेको छ । यदपी अहिले ब्रेक पोइन्ट भएकाले ह्याचरी खाली राख्ने समय भएकाले असोजको अन्तिम साताबाट मात्रै चल्ला उत्पादन र बिक्रि गर्ने कार्यालयले जनाएको छ । त्यतिबेला झन् राजस्व बृद्धि हुने बताइएको छ ।

०३४ सालमा स्थापना भएको कुखुरा बिकास फार्मले स्थापनाकाल देखि नै लोकल कुखुरा संरक्षण गर्न चल्ला उत्पादन तथा बिक्रि गर्दै आएको छ । फर्मले लोकल कुखुराको जात अन्र्तगत सकिनी, घाँटी खुइले, प्वाँख उल्टे, खजुरा सकिनी क्रस, न्यु हेम्पसायर, ब्लक अस्ट्रलोक र भारती लोकल जात कडक नाथ गरी ७ प्रकारका कुखुराका चल्ला उत्पादन तथा बिक्रि गर्दै आएको छ ।

फर्मले अहिले लोकल कुखुराको एक दिने चल्ला ४५ रुपैयामा बिक्रि गरिरहेको छ, भने बढी भएका भाले कुखुरा ३ सय रुपैयाँ प्रति किलोका दरले बिक्री गर्ने गरेको छ । साथै चल्ला उत्पादन गर्न नसकिने अण्डा पनि प्रति अण्डा ९ रुपैयाको दरले बिक्रि गर्ने गरेको फर्मले जनाएको छ ।

  • १९ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech