९ भाद्र २०८३, मंगलवार

वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द
  • न्युज मानसराेवर

सुर्खेत:वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज  (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्। प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन्। सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech