१८ माघ २०८१, शुक्रबार

बाँकेमा चिडिमार समुदायका लागि सञ्जाल गठन
  • न्युज मानसराेवर

बाँके\चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा १२ को पहलमा सो चिडिमार महिला सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा लक्ष्मी चिडिमार, सचिवमा अनुषा चिडिमार, सहसचिवमा सवनकुमारी चिडिमार, कोषाध्यक्षमा दुर्गादेवी चिडिमार रहेका छन। ११ सदस्यीय गठित कार्यसमिति सदस्यमा समरिया चिडिमार, अस्मिता चिडिमार, बसन्ती चिडिमार, सिता चिडिमार र प्रतिक्षा चिडिमार रहेका छन।

चिडिमार समुदायका अगुवा रामु विश्वासका अनुसार नेपालको बाँके, बर्दिया, सिरहा र सप्तरी जिल्लामा चिडिमार समुदायको बसोबास रहेको पाइन्छ । बर्दियामा २० जनाको संख्यामा यो समुदाय रहेको छ ।

बाँकेमा १ हजार ६०० को हाराहारीमा रहेका छन् । जिल्लाको जानकी गाउँपालिकाको करमोहना, नरैनापुर, शम्शेरगन्ज, कोहलपुर नगरपालिकाको वडा नम्बर १४ र १५ र नेपालगन्ज उपमहानगर पालिकाको वडा नम्बर १ र १२ मा यो समुदायको बसोबास रहेको छ ।

  • १८ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech