बैजनाथ\बाँकेको बैजनाथ गाउँपालिकाले चार हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीका अनुसार बैजनाथ गाउँपालिकाका ८ वटा वडाका चार हजार जना किशोरीलाई एचपिभी खोप दिन लागिएको जानकारी गराएका छन।