२५ बैशाख २०८२, बिहीबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प. ६४२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख. ३५९३ नम्बरको बसले बुधबार ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको छ ।

  • २४ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech