बाँके\ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया रहेका छन् ।विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर उनीहरूको खानतलासी गरेको थियो ।
सोही क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको अवस्थामा प्लास्टिकको पोका फेला परेको थियो । उक्त पोका खोतलेर हेर्दा ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई हिरासतमा राखेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।










