२ माघ २०८१, बुधबार

अनेरास्ववियूद्धारा कोहलपुरमा विरोद्ध प्रर्दशन
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेको कोहलपुरमा अनेरास्ववियूले सरकाले ल्याएको दल विभाजन अध्यादेशको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पस अगाडि सरकारका विरुद्ध प्रर्दशन गरिएको हो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कोहलपुर नगर कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य सुमन घिमिरेले परमादेशबाट बनेको गठबन्धनको सरकारले नेपालमा राजनैतिक अस्थिरता ल्याउन खोजेको दावि गरेका छन।

सरकारले राजनीतिक दल सम्बन्धी ल्याएको अध्यादेश विरुद्ध बाँकेमा राष्ट्रिय युवा नेपाल र अनेस्ववियु बाँकेले नेपालगञ्जमा पनि विरोद्ध प्रदर्शन गरेको छ । जारी अध्यादेशले २० प्रतिशत  संख्यामा समेत दल विभाजन गरी अर्को दल दार्ता गर्ने प्रावधान रहेको छ ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech