७ बैशाख २०८२, आईतवार

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
  • न्युज मानसराेवर

बाँके। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको  नेपाल आयल निगमले जनाएको छ।  डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमले जनाएको छ।  एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको छ ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech