८ मंसिर २०८१, शनिबार

बैजनाथ २ मा मखमली समुहको उपहार प्रदान
  • सिता जैसी

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ मा उपहार प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तर्गत गठन गरिएको मखमली महिला समुहका सदस्यहरुले बाख्रा उपहार प्रदान गरेको हुन।

मखमली महिला समुहकी सदस्य दुर्गा थापाले २ वटा पाठिहरु समुहकी सदस्य शान्ति सुनारले उपहार गरिन् यसै गरी सदस्य मिना कडेलले सदस्य रुपकला थापालाई १ वटा पाठा उपहार गरिन ।उपहार प्रदान कार्यक्रममा मखमली समुहले घाँस ,रजिस्टर १ थान,कलम १ थान, शान्ति महिला समुह ,चमेली महिला समुह ,चेतनशिल महिला समहु र जुनतारा महिला समुहलाई उपहार प्रदान गरिएको थियो ।

उपहार प्रदान कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले सामाजिक रुपान्तर आर्थिक रुपान्तर संगै महिला सशक्तिकरणका निम्ति कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।

थापाले कार्यक्रमको प्रभावकारीता लाई मध्य नजर गर्दै बैजनाथ गाउँपालिकाले थप २ वर्षे परियोजनाको कार्यकाललाई निरन्तरता दिएको जानकारी गराएका थिए ।

यसै गरी परियोजनालाई समन्वय गर्दै आएको संस्था उत्पीडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रवि रोकायले परियोजनाको निरन्तरताले गाउँपालिकामा थप १६ सय घर परिवारका महिलाहरुको् सशक्तिकरण सँगै समुहमा आवद्ध भएका महिलाहरुले उत्पादन गरेका बस्तुको बजारीकरमा क्रियाशिल हने अवसर प्राप्त भएको बताए ।

परियोजना अत्य निश्चित छ’ तर समुहका महिलाहरुलाई सहकारीमा आवद्ध गराई उद्यमशिलता र सशक्तिकरण सुनिश्चित गरिएको रोकायाले भने’ ।

कार्यक्रममा मखमली समुह आवद्ध महिलाहरुले वडा अध्यक्ष कान्तिपुर दैनिकमा आवद्ध पत्रकार मधु शाहीलाई आफुले उत्पादन गरेको तरकारी उपहार गरेका थिए । परियोजना अन्तरगत मखमली समुह २०७६ ११ २१ मा गठन गरिएको थियो ।

६९ हजार ३ सय ५५ रुपैया समुहमा लगानी गरिएको छ भने समुहमा बचत रकम ६२ हजार एक सय रुपैया छ । यसै गरी कूल ब्याज१३ हजार २ ८० रुपैया रहेको सहुममा जानकारी गराइएको थियो ।

परियोजनाले कूल ३हजार ६ सय घरपरिवारमा काम गर्दै आएको छ ।उपहार प्रदान मखमली समुहकी अध्यक्ष सुचिता कडेलले गरेकी थिइन।परियोजना बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पिडित सामुदायिक विकास केन्द्रको आर्थिक तथा प्राविधि सहयोगमा संचालन  छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech