१८ बैशाख २०८१, मंगलवार

वागेश्वरी क्याम्पसभित्र ‘हेल्प डेस्क’ स्थापना

आगामी मंसीर १४ गतेबाट संचालन हुन गईरहेको स्नातक र स्नातकोत्तर तहको परिक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरीएको  हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बहुमुखी क्याम्पस हाता भित्र विद्यार्थी सहायता कक्ष ९हेल्प डेस्क० संचालन गरीएको छ । आगामी मंसीर १४ गतेबाट संचालन हुन गईरहेको स्नातक र स्नातकोत्तर तहको परिक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरीएको  हो ।

कोभिड १९ का कारण परिक्षा फारम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क संचालन गरीएको अनेरास्ववियू वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका संयोजक अमृत खत्रीले जानकारी दिए । स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्क मार्फत अनलाईन तथा लिखित फारमका बारेमा जानकारी प्रदान गर्दै आएको खत्रीले बताए ।

क्याम्पसमा अनलाईन विधिद्धारा पहिलो पटक परिक्षा संचालन हुन गईरहेकाले धेरै विद्यार्थीमा अनलाईन प्रणालीबारे अन्यौलता रहेकाले हेल्प डेस्कको आवश्यकता महसुस भएको बताउँदै खत्रीले सबै तहका परिक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क संचालन गरेको प्रष्ट पारे ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech