२ माघ २०८१, बुधबार

कोभिड-१९ : थप १७५६ जनामा संक्रमण, २३ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घन्टामा एक हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ नमूना परीक्षणमध्ये एक हजार ७५६ पीसीआर र ४०४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा हालसम्म ८ लाख ५१ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ८०९ पुगेको छ ।

मन्त्रालयका अनुसार थप २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।

हाल मुलुकभर ३३ हजार ६ सक्रिय संक्रमित छन् ।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech