बाँके। अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।
चोरी पैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको ९ सय थान मोबाइल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो।
बाँके प्रहरीका अनुसार बरामद गरिएका ती मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएका थिए । प्रहरीले बरामद भएको मोबाइल आइतबार नै भन्सार कार्यालयलाई बुझाएको जनाएको छ।