२६ जेष्ठ २०८२, आईतवार

सबै मिलेर शैक्षिक क्षेत्र उकास्नु पर्छ : मन्त्री हमाल
  • न्युज मानसराेवर

बाँके। लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले कोभिडका कारण शैक्षिक क्षेत्र नराम्ररी प्रभावित भएकाले सबै मिलेर शैक्षिक क्षेत्र उकास्न लाग्नुपर्ने बताएका छन् ।

प्याब्सन नेपालगञ्ज नगर कमिटीले आइतवार नेपालगञ्जमा गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री हमालले कोभिड महामारीमा अरु क्षेत्र जस्तै शैक्षिक क्षेत्रलाई पनि मार परेको भन्दै प्रदेश सरकार यस विषयमा गम्भीर रहेको बताए ।

उनले शिक्षा क्षेत्रका विद्यामान समस्या समाधानका लागि आफूले शिक्षा मन्त्रीसंग कुरा गर्ने बताए । “शिक्षामा पनि राम्रो काम हुन्छ, धैर्य गर्नुस्, निराश नहुनुहोला, केही न केही परिवर्तन गर्न भनेर हामी आएका हौं,“ उनले भने–“प्रदेश सरकार शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई माथि उठाउन गम्भीर छ ।“ उनले आफूले बृज्ञारोपणको कामलाई प्रभावकारी ढंगले अघि बढाउने योजना बनाएको बताए । साना विरुवा भन्दा पनि वयश्क रुख रोप्ने आफ्नो योजना उनले सुनाए ।

प्याब्सन नगर कमिटी अध्यक्ष विकास बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन सम्बद्ध विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । प्याब्सन केन्द्रका प्राज्ञ सदस्य डा.राजेशकेशर खनाल, बाँके अध्यक्ष राजेन्द्र आचार्य लगायत उपस्थित थिए ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech