७ बैशाख २०८२, आईतवार

बैजनाथमा २ दिने सवलिकरण कार्यक्रम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्धको समिति तथा बाल अधिकार समितिलाई सवलिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।  प्लान नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनामा र बैजनाथ गाउँपालिकाको समन्वयमा २ दिने तालिम संचालन गरिएको थियो ।

समापन कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले मावन वेचविखन विरुद्ध सामाजिक संघ संस्थाहरुको समन्वय र सहकार्यमा न्यूनिकरणका प्रयासहरु संचालन गरिएको बताउदै ‘अब स्थानीय सरकारले नीतिगत रुपमा बजेट विनियोजन र कार्यरणनिति अनुरुप कार्य सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

कार्यक्रममा उपाध्यक्ष शारदा रेग्मी विक वडा अध्यक्ष , बालबालिका शाखा प्रमुख ,स्वास्थ्य शाखा प्रमुख ,कार्यपालिका सदस्य माव वेचविखन न्यूनिकरणमा गाउँपालिकामा आवद्ध संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार आषिश बर्माले गरेका थिए ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech