१० मंसिर २०८१, सोमबार

शिक्षामा देखिएको बेथिति समाधानका लागि नगरको विशेष अभियानः मेयर रावत
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर नगरपालिका मेयर (एल्बी) लुट बहादुर  रावतले बाँके जिल्लामा शिक्षा क्षेत्रको  विकास मापदण्ड अनुसार नभएको  बताएका छन ।

आज कोहलपुर  नगरपालिकामा शैक्षिक उपलब्धि र भावी योजना बारे पत्रकार सम्मेलनमा बोल्दै रावतले शिक्षामा आमूल परिवर्तन गर्नाका लागि विशेष गुरुयोजना नगरले संचालन गरेको  बताए ।’ उनले नगरका  २७ वटा माध्यमिक तहमा  दरबन्दी मिलान गरिएको  बताउदै अब १ वटा माध्यमिक तहमा मा दरबन्दी मिलान गर्न बाँकी रहेको बताए ।

अब ५ बर्ष नयाँ संस्थागत विद्यालय खोल्न स्थगित गरी गुणस्तरी शिक्षा लागु गर्न संचालित विद्याललाई स्तर उन्ननी  गरिने छ’ मेयर रावतले उल्लेख गरे । 

रावतले आधारभूत तहको शिक्षकलाई माविको प्र.अ बनाएको बताउदै शिक्षामा जति बेथिति कुनै स्थानमा नरहेको बताए ।

उनले माविको शिक्षक दरबन्दी मिलान नगर्नका लागि राजनितिक दबाव समेत आफुले झेल्नु परेको बताउदै हाल सम्म २७५ शिक्षकहरु दरबन्दी मिलान गरिएको दावि गरे । उनले शिक्षामा सुधार ल्याउन नगरको प्रयास माथी नै राजनितिक दबाव र अदालतमा मुद्धा समेत नगरले खेप्नु परेको स्मरण गरे ।

उनले आधारभूत तह सम्म निशुल्क शिक्षा लागु गरिएको बताउदै क्रमिक रुपमा उच्च मावि सम्म निशुल्क शिक्षा प्रदान गर्ने नगरको योजना रहेको बताए ।  कार्यक्रममा शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले ११ वटा शिक्षा सम्बन्धी ऐन नियम र कार्यविधि जारी पास गरिेको बताउदै नगरको शिक्षा सुधारका जिल्लामा नै पहिलो साक्षर नगरपालिका घोषणा गर्न सफल भएको हुदाँ संघिय सरकार बाट ५० लाख रुपैया पुरुस्कार प्राप्त गरिएको जानकारी गराए ।

पाँचवटा विद्यालयहरु ५ वटा विषयगत शिक्षक सिकाइ केन्द्रहरुको स्थापना गरिएको उल्लेख गरे ।उनले सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा कम्प्युटर र वाइफाई सुविधा उपलब्ध गराइएको उल्लेख गरेका छन ।पौड्यालले ५ वर्ष सम्म संस्थागत विद्यालय संञ्चालन गर्न बन्देज गरिएको जानकारी गराए ।

उनले श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब भत्ता दिने प्रावधान गरेको बताए । हाल सम्म ३२ वटा बुंदामा पत्रकार सम्मेलन मार्फत नगर शिक्षाल गरेका प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख रबिन्द्र खड्का समाजिक विकास समितिका संयोजक नारायणी वली लगाएत पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech