१६ बैशाख २०८२, मंगलवार

नेपाली काँग्रेसद्वारा कोहलपुरमा शुभकामना आदानप्रदान
  • न्युज मानसराेवर

बाँके\नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ८ कार्य समितिको आयोजनामा बिजया दशमी, शुभदिपावली, छठपर्व तथा मोहम्मद डे को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरूले पार्टीको आसन्न १४ औ महाधिबेशनका सन्दर्भमा आ–आफ्नो धारणा ब्यक्त गरेका छन् ।

बोल्ने क्रममा बक्ताहरूले क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराम खत्रीले बिधि बिधान र पद्धति नमान्दा तोकिएको समयमा अधिबेशन हुन नसक्कोमा चिन्ता ब्यक्त गर्दै आक्रोस पोखेका थिए ।

बक्ताहरूले कुनै अमुक ब्यक्तिको दम्भ र अहंकारले गर्दा पार्टीलाई बन्दक बनाउन नहुने बताए । वडा, पालिका र प्रदेश समितिले बिधान सम्मत ढंगले सिफारिस गरेका क्रियासिल सदस्यताको नामावलि ईन्ट्री गर्ने क्रममा क्षेत्रिय सभापतिले मनोमानी ढंगले नामावलि थप्ने र हटाउने गरेका कारण कृयासिल सदस्यता बितरणमा बिबाद सृजना भएको बक्ताहरूले बोल्ने क्रममा भने ।

ब्यक्तिगत स्वार्थमा संगठनलाई दुरूपयोग गर्नु गलत भएको पनि उनीहरुको भनाइ छ ।

कर्यक्रममा पार्टीमा लामो समय देखि योगदान गरेका बरिष्ठ नागरिकहरू हिम लाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहीर लगायत ५० जना बरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी सभापति किरण कोईरालाले पदिय दायित्वमा रहेका ब्यक्तिहरूले बिधि बिधान र पद्दति अनुसार पार्टी सञ्चालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडी बढन नसक्ने बताइन् । उनले तोकिएको समयमा अधिबेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला सचिब तप्त पौडेलले पनि पार्टीको आगामी अधिबेशनमा पार्टीलाई बिधान बिपरित ब्यक्तिगत स्वार्थमा प्रयोग गर्ने ब्यक्तिलाई ठेगान लगाउनु पर्ने बताए ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech