कोहलपुर \ कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्यालको नगर बाट विदाई भएको छ । पौड्यालको शिक्षा शाखा बाट गोलबजार नगरपालिका सिराहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो ।
कोहलपुर नगरपालिका शिक्षा शाखामा लामो समय विताएका पौड्यालले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन नगरको शिक्षा नीतिमा विशेष भूमिका खेलेका थिए । उनले शिक्षामा सुधारका योजना ल्याउनुका साथै कार्यान्वयन गराउन समेत विशेष भूमिका रहेको छ ।
कोहलपुर नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको दरबन्दी मिलान विद्यालयमा प्रविधिको विकास सगै संस्थागत विद्यालयलाई कडाइका साथ नियमन गरेका पौड्याल सधै चर्चामा रहेका थिए ।
पौड्यालले कोहलपुर नगरपालिकाको केही समय प्रमुख प्रशासकीय अधिकृतको भूमिका समेत निर्वाह गरेका थिए । पौड्याललाई कोहलपुर नगरपालिका मेयर एल्बी लुट बहादुर रावत उप मेयर शन्जु कुमारी चौधरीले मायाको चिनो उपहार दिएर नगर बाट विदाइ गरेका थिए । यसै गरी बिदाइ कार्यक्रममा नगरपालिका स्तरमा रहेका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सामुदायिक विद्यालयको स्तर उन्नतिमा र विकासमा पौड्याललको योगदान सधै स्मरणीय रहने छ । पौड्यालको आगामी दिन शुभ रहोस् यही शुभकामना छ ।