बाँके\ विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीको पहिलो संशोधन २०७८ मा यस्तो व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न पाइने छैन।
त्यस्तै ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि सेजमा निषेध गरिएको छ। विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोलीगट†ठा, बारुद उत्पादन गर्ने उद्योगलाई पनि सेजभित्र स्थापना गर्न नसकिने उद्योगको सूचीमा राखिएको छ। सेजमा स्थापित उद्योगले उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्नुअघि त्यसबारे सेज प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था संशोधनले गरेको छ।
खासगरी उद्योगले आन्तरिक बजारबाट कुनै कच्चा पदार्थ वा उत्पादन खरिद गरेमा त्यस्तो पदार्थ वा उत्पादनको áपरिमाण, मूल्य र आपूर्ति गर्ने आपूर्तिकर्ताको विवरण प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगबाट उत्पादित वस्तु वा सेवाको कुल परिमाण र निर्यात गरेको भए निर्यात गरिएको कुल परिणाम पनि खुलाउनु पर्नेछ। आन्तरिक बजारमा बिक्री गर्ने वस्तु वा सेवाको कुल परिमाण, त्यस्तो वस्तु वा सेवाको उत्पादन र पैठारी गरिएका उत्पादनसँग सम्बन्धित मालवस्तुमा कुनै छुट तथा सुविधा प्राप्त गरेको भएमा त्यसको पनि विवरण उपलब्ध गराउनु पर्नेछ। गोरखापत्रमा खबर छ ।