१६ बैशाख २०८२, मंगलवार

बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति सार्वजनिक
  • न्युज मानसराेवर

बुटवल \बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति २०७८ तयार भएको छ । रणनीति शुक्रबार कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

२० वर्षमुनि हुने विवाह रोकी बालविवाहमुक्त लुम्बिनी प्रदेश बनाउन रणनीति बनाइएको हो । जसमा आगामी १० वर्षभित्र अर्थात सन् २०३० सम्म प्रदेशका सबै स्थानीय तहहरुमा बालविवाह अन्त्य गर्ने लक्ष्य रहेको छ । रणनीतिलाई लुम्बिनी प्रदेश सरकारले साउन १२ मा पारित गरिसकेको छ ।

रणनीतिमा बालविवाह र हानिकारक अभ्यासविरुद्ध शिक्षा सचेतना लगायतका प्रवर्द्धनात्मक उपाय अपनाउने, बालविवाहको जोखिममा रहेका किशोरकिशोरीको सशक्तिकरण गर्ने, बालविवाह हुनै नदिन रणनीतिमा बालविवाह विरुद्धको उजुरीलाई सरल बनाउने र सहजीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । यस्तै, बालविवाह हुनै नदिन समुदायमा आधारित निगरानी प्रणाली बनाउने, बालविवाहबाट प्रभावीत एवं बालविवाहको जोखीममा परेका बालिकाहरुको संरक्षण गर्ने, स्थानीय तह र सरोकारवालासँग समन्वय गरिने छ ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech