७ बैशाख २०८२, आईतवार

मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगति विरुद्ध पालिका स्तरीय समुदाय र प्रहरी विच छलफल
  • न्युज मानसराेवर

(बाँके) बैजनाथ \ बैजनाथ गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगति विरुद्ध पालिका स्तरीय समुदाय र प्रहरी विच छलफल गरिएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नेपालगञ्ज सिसु जिल्ला प्रहरी कार्यालय बाँके नेपाल पत्रकार महासंघ बाँके डिसिए परियोजना बाँकेको आयोजनामा बैजनाथमा बृह्त छलफल कार्यक्रम गरिएको हो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले कार्यक्रममा स्वागत गरे । उनले मावन अधिकारका क्षेत्रमा सुधारका सवाल र समाजिक विकृति विंसगति विरुद्ध समाजको भूमिका महत्व रहेको बताए ।  बाँके जिल्ला प्रहरी प्रमुख श्याममृष्ण अधिकारीले प्रहरी र समाज विचको दुरी घट्न आवश्यक रहेको बताए । उनले प्रहरी र नागरिकहरुको सम्बन्ध मजबुद भए समाजमा मानव अधिकार र न्यायिक कार्य सम्पादनमा सहज हुने बताए ।

कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मानव अधिकार समय अनुकूल आधारभूत आवश्यकता अनुसार परिमार्जन हुने बताए । उनले हिजोको समयमा मावन अधिकार पढ्ने लेख्ने हरुका लागि मात्र केन्द्रित थियो ।

आज यो साना साना बालबालिकाका देखि लिएर जनवार पर्यावरण वातावरण लगाएत सजिव र निर्जिव वस्तुका लागि समेत अधिकार सुनिश्चित गरिएको बताए । कार्यक्रममा पत्रकार महासंघ बाँकेका सचिव कमल डागीँले पत्रकार महासंघ बद्लिदो समयको माग अनुसार समाचार मात्र लेख्ने काम भन्दा पनि नागरिक समाजको दाहित्व र मावअधिकारका क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रमका अध्यक्ष एवंम बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले मावन अधिकार र बाल अधिकारका क्षेत्रमा बैजनाथ गाउँपालिकाको दाहित्व हुने हुँदा सरकार त्यसमा सधैमा सचेत रहेको बताए । उनले बैजनाथ गाउँपालिका लाई बाल बिवाह मुक्त गाउँपालिका बनाउने विशेष अभियानमा रहेको बताए ।

उनले सबै अधिकार र समाजका विकृति विसंगति विरुद्ध सबैको दाहित्व महत्वपूर्ण हुने हुँदा सबैले आ आफ्नो स्थान बाट भूमिका निर्वाह गर्नाका निम्ति आग्रह गरेका थिए ।कार्यक्रमको सहजीकरण  जिल्ला प्रहरी कार्यालय डिएसपी मधु सुधन न्यौपाने  अधिवक्ता बसन्त गौतम मावन अधिकारकर्मी भोला महत ले सहभागिहरु संग अन्तरक्रिया समेत गरेका थिए ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech