३ बैशाख २०८३, बिहीबार

बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा मंगलवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा १५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलवार संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ । यस्तै मंगलवारसम्म जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९५ रहेको छ ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech