बैजनाथ\ बैजनाथ गाउँपालिकाको राजनितिक क्षेत्रमा नयाँ कोर्सको सम्भावना देखिएको छ ।
नेकपा एमाले नेता तथा संविधान सभा सदस्य दल बहादुर सुनारले सामाजिक सञ्जालमा अब को राजनितिक यात्रामा पुर्णबिराम भनी उल्लेख गरेका छन । सुनार एमाले हुँदा बाँकेका प्रभावशालि नेता मध्य एक थिए ।
पछिल्लो समय सुनार एमाले बाट विभाजित भएको माधव नेपाल समुहको नेकपा एकिकृत समाजवादी दलमा आवद्ध छन ।
सुनारको क्रियाशिलतामा बैजनाथ गाउँपालिका स्तरमा नै समाजवादी दलको विस्तार भइरहेको थियो । नेता सुनारको उक्त पोष्टमा मुल घर एमाले मा फिर्ता हुन सुझाव दिइएका छन ।
सुनारको उक्त पोष्ट बाट राजनितिक वृत्तमा विभिन्न अट्कल गरिन थालिएको छ । एक पक्षले भने राष्ट्रिय सभाको हुने निर्वाचमा टिकट नपाउँने हुदाँ सुनारको पोष्ट आएको हुन सक्ने भनाइ रहेको छ ।