६ असार २०८२, शुक्रबार

बाँके क्षेत्र २ को सभापतिमा रमेश गुप्ता निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन । स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन । यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।

उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ४० मत खसेको थियो । गुप्ता र शाह दुबै संस्थापन पक्षका हुन् । तर, शाहलाई संस्थापन इतर (कोइराला/पौडेल) पक्षको समर्थन रहेको थियोे । गुप्तालाई भने संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको थियोे ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech