६ असार २०८२, शुक्रबार

माओवादी केन्द्रको नगर सम्मेलन मन्त्री अथकद्वारा उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर \ नेकपा माओवादी केन्द्र कोहलपुरको दोस्रो नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आज उद्घाटन गरेका छन ।

नगरका १५ वडाहरु बाट चुनिएर आएका माओवादीका  प्रतिनिधिहरुले कोहलपुर चौराहबाट र्‍याली निकालेका थिए । चौराहबाट निस्किएको र्‍याली साझाचोक हुँदै न्युरोडमा  सभामा परिणत गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्री अथकले उद्घाटन गरिएको  कार्यक्रममा माओवादी केन्द्रका नेताहरुको चलिरहेको छ ।

उद्घाटन कार्यक्रम पश्चात् हुने बन्द सत्रले कोहलपुर नगरको नयाँ कार्यसमिति चयन गरिने बताइएको छ । देशै भरी पालिका स्तरको सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहलले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन  । आज माओवादी केन्द्रको आज देशैभरका सम्पुर्ण पालिकाहरुमा सम्मेलनहरु भैरहेको जानकारी गराइएको छ ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech