कोहलपुर \ कोहलपुर नगरपालिका मेयर (एल्बी) लुट बहादुर रावतले कोहलपुरलाई पलाष्टिक मुक्त नगर बनाउने अभियानमा लाग्न सहकारीहरुलाई आग्रह गरेका छन।
कोहलपुर नगरपालिका वडा न ५ मा अवस्थित संकल्प जनसेवा बहुउदेश्यी सहकारी संस्थाको १५ औ साधारणसभा रावतले उक्त कुरा बताएका हुन।
रावतले दिर्गकालिन रुपमा पलास्टिकको व्यवस्थान हुन नसक्दा जथाभावि रुपमा जलाईएका पलास्टिकबाट निस्कीएको धुवाले बायु प्रदुषण बढि हुने देखिएकाले मानव समाजमा पार्न सक्ने असरको मध्यनजर गर्दैे यस्को नियन्त्रण तथा रोकथामका लागी सवैलाई एक्यवद्धताका साथ लाग्न आग्रह गरे ।
रावतले संकल्पले गरेका हरेक कार्यप्रतिको सम्मान गर्दै अहिले सम्मकै सरोफेरोमा रहेर हेर्ने हो भने संकल्प जनसेवा बहुउदेश्यी सहकारी संस्था अन्य सहकारी भन्दा अग्रस्थानमा हाशिल गरेको बताउदै आगमी दिनमा पनि यस संस्थाले आम शेयर सदस्यहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।
उनले अब आर्थिक रुपान्तरणका निम्ति जनाता व्यवसाय र उत्पादनका क्षेत्र क्रियाशिल हुन आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा जिल्ला सहकारी संस्थाका उपाध्यक्ष मिना सिग्देलले सहकारीले प्रभाह गर्ने सेवा सुविधाहरु उचित क्षेत्रमा लगानी गर्न सके सहकारीको मर्म र लक्ष्य पुरा हुने बताइन।
२५ जनाको सक्रियतामा संचालन गरीएको सहकारी संस्थामा १ हजार ८० महिला र ४ सय ७२ पुरुष गरी कूल १ हजार ५ सय ५२ शेयर सदस्य रहेका छन ।
कार्यक्रममा संस्थाका अध्यक्ष माया गौतमले आर्थिक वर्ष २०७७\ ०७८को प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
मर्यादित व्यवसाय र प्रविधीमा सहकारी भन्ने नाराका साथ सुरु गरीएको यस सहकारी संस्थाले कोहलपुर नगरपालिकाका १५ वटै वडा र बैजनाथमा आफ्नो कार्य क्षेत्र विस्तार गरेको छ । भने पछिल्लो समय संकल्प बुटिक सेन्टर पनि संचालनमा ल्याएको छ ।