१८ बैशाख २०८१, मंगलवार

बबई सिंचाइँ आयोजनाले नहरमा पानी छोड्ने
  • न्युज मानसराेवर

बाँके\ बर्दियाको बबई सिंचाइँ आयोजनाले शुक्रवारबाट नहरमा पानी छोड्ने भएको छ ।

बबई सिंचाइँ आयोजना पुर्वा क्षेत्र जल उपभोक्ता समितिको बैदीमा भवन शिलान्यास गरेर शुक्रवारनै जल उपभोक्ता समितिले निर्णय गरेर पानी छोड्ने आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले बताए ।

बबई सिंचाइँ आयोजनाले पानी नछोड्दा हिउँदे तरकारी बाली सुक्न लागेको छ । गहुँ, तोरी, आलु र तरकारीमा पानीको प्रतिक्षामा बसेका किसान खुसी भएका छन् ।

बबई सिंचाइँ आयोजना पूर्व क्षेत्र जल उपभोक्ता समितिले पानी छोड्ने निर्णय नगरेकाले ढिलाई भएको सूचना अधिकारी घोरासैनीले बताए । गएको असोज ३१ गते अन्तिम पटक पानी परेको थियो ।

२०४५/४६ सालबाट निर्माण शुरु भएको आयोजना ३३ बर्ष पुग्दा पनि ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बर्दियाका ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइँ गर्ने योजनाका साथ शुरु भएको योजनाले अझै पूर्णता भने पाउन सकेको छैन् ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech