१८ बैशाख २०८१, मंगलवार

एमाले केन्द्रीय कमिटीअघि बालकोटमा सचिवालय बैठक बस्ने
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शनिवार भक्तपुरमा बस्ने भएको छ ।

एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो ।

बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उनले जानकारी दिए ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech