७ मंसिर २०८१, शुक्रबार

नेपाल भित्रिने पर्यटकमा भारतीयपछि अमेरिकी संख्या
  • न्युज मानसराेवर

बाँके\ भ्रमण, पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेमा अमेरिकी पर्यटकको संख्या दोस्रो स्थानमा छ । सीमावर्ती छिमेकी मुलुक भारतपछि अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।

सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटन नेपाल भित्रिएका थिए । जसमध्ये भारतबाट ४२.७८ प्रतिशत अर्थात ६४ हजार ६७३ जना र दोस्रोमा अमेरिकाबाट १५.१४ प्रतिशत अर्थात २२ हजार ८५३ जना नेपाल भित्रिएका थिए ।

सार्क मुलुकबाट ७१ हजार ६१० जना पर्यटक नेपाल प्रवेश गरेका थिए । यो कुल संख्याको ४७.४४ प्रतिशत हुन आउँछ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech