बाँके बैजनाथ \ बाँकेका शिक्षक खत्रीले जिते एशियाको“Asia’s No 1. BRAND & LEADERSHIP EXCELLENCE AWARDS” हात पारेका छन् ।
RULA AWARDS द्धारा एशियाका २५ वटा देशमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरिएको पुरस्कार मध्य शिक्षा क्षेत्रको Asia’s Best Faculty Development for Online Teaching’ शिर्षकको पुरस्कार बाँकेका अंग्रजी शिक्षक टर्क बहादुर खत्रीले प्राप्त गरेका हुन् ।
एशिया महादेशका २५ भन्दा बढी देशहरुमा कार्यरत अंगे्रजी भाषा शिक्षकहरुले कोभिड १९ को कारण उत्पन्न समस्याका बेला अनलाईन (virtual class) को माध्यम अपनाएर शिक्षण गरी पुर्याइएको योगदानको मूल्याङकन र निजले शिक्षणमा बिगत २० वर्ष देखि अभ्यासमा अपनाउदै आएका विधीका आधारमा छनौट गरिएको थियो ।
बाँकेको बैजनाथ गाउँपालिका वडा न ४बानियाभार निवासी खत्रीले कोहलपुरको श्री राम माध्यमिक विद्यालयमा अध्यापन गर्दछन । उनी अंग्रजी शिक्षक हरुको संस्था नेल्टा बाँकेका उपाध्यक्ष हुन् । मलेसियामा रहेको आयोजक सस्थाले February 7 2021 मा भारतमा भव्य कार्यक्रमको आयोजना गरि अवार्ड हस्तान्तरण गर्ने बैजनाथ ५ स्थित प्रभात मा वि का शिक्षक बाबुराम अधिकारी न्यूज मानसरोबरलाई जानकारी गराए ।