बाँके\ सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जिल्ला तहका प्रहरीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्रुडेक बाँके द्धारा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तगत जिल्लामा प्रहरी संग अन्तरक्रिया गरिएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी ले संशोधित बैदिेशिक रोजगारी नियमावली बारे सहजीकरण गरेका थिए ।
बाँकेका प्रहरी निरिक्षक इश्वरी राज गिरीले नेपाल प्रहरीको भूमिका बारे कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा सामी परियोजना अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारको अवस्था चुनौति बारे सहजीकरण गरेकी थिइन ।
परियोजना संयोजक मिरा चौधरीले कार्यक्रम संचालन गरेको कार्यक्रममा इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाला रोकायाले स्वागत मतव्य राखेका थिए।