बाँके\ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि जनस्तरमा आलोचना भइरहेका बेला निगमले भने मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ ।
निगमका प्रवक्ता बिनित मणि उपाध्यायले प्रेस विज्ञप्ति जारी गर्दै घाटाको क्षति न्युनीकरण गर्न मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ उपलब्ध हुने जनाएका छन् ।
नियमले इन्डियन आयल कर्पाेरेसनलाई बुझाउनुपर्ने दोस्रो किस्ता बापतको अपुग रकम कोषसँग माग गरेको थियो । कोषले रकम उपलब्ध गराउँदा पेट्रोलियम पदार्थको सहज आपूर्ति बनाइराख्न निगमलाई मद्दत पुग्ने विज्ञप्तिमा उल्लेख छ ।