७ मंसिर २०८१, शुक्रबार

नेपालगन्जमा ‘एभियसन म्युजियम’
  • न्युज मानसराेवर

बाँके\ विद्यार्थीलाई हवाईसम्बन्धी जानकारी दिने र आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले नेपालगन्जमा ‘एभियसन म्युजियम’ स्थापना गरिएको छ । बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठोरले रिबन काटेर ‘एभियसन म्युजियम’को  उद्घाटन गरेका हुन् ।

नेपालगन्ज-१२ बेलासपुरस्थित उपमहानगरपालिकाको करिब ६ कठ्ठा जमिनमा उक्त म्युजियम स्थापना गरिएको हो । ‘यो एकदमै नयाँ अवधारणा हो । यसको उद्देश्य भनेको विद्यार्थीलाई मोटिभेसन गर्नु हो,’ वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘पढ्ने उमेरका बच्चालाई जहाजको विषयमा धेरै कौतुहलता जागेको हुन्छ, त्यसैले बच्चाले प्रत्यक्ष हेरेर बुझ्न हेर्न पाउँछन् भनेरै यो म्युजियम खोलिएको छ ।’

सअघि उक्त म्युजियम सुदूरपश्चिमको धनगढीमा सञ्चालनमा रहेको थियो । कस्मिक एयरको पुरानो जहाजलाई म्युजियममा राखिएको छ । उक्त जहाजभित्र २ सय ५० भन्दा बढी मोडेलका साना जहाजहरू पनि प्रर्दशनीका लागि राखिएको छ । म्युजियम एक हप्ताअघिदेखि सञ्चालनमा आएको हो । म्युजियमको परिकल्पना गर्ने तथा म्युजियमका सञ्चालक क्याप्टेन वेद उप्रेतीका अनुसार एक करोड ८० लाख रुपैयाँ लागतमा स्थापना गरिएको हो ।

म्युजियमभित्र पश्चिम नेपाल र सगरमाथा क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको छ ।

अहिले म्युजियम परिसरमा सजावट गर्ने काम पनि चलिरहेको छ । एभिएसन म्युजियम सञ्चालन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका र ट्रस्टबीच १० वर्षको सम्झौता गरेको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech