बाँके\ प्रेस चौतारी बाँकेको हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण शनिबार सम्पन्न भएको छ । पुस २८ गते नेपालगञ्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी गठन गरेको हो ।
शनिबार निर्वाचन समितिले औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायसहित उपाध्यक्ष विनोद भट्टराई ,उपाध्यक्ष महिला रेजिना मल्ल, सचिव कमल डांगी, सहसचिव देवेन्द्रराज पौडेल र भगतराम थारु तथा कोषाध्यक्ष जियाउल मुस्तफा तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।प्रेस चौतारी नेपालका लुम्विनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदीले नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सपथग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, सहइन्चार्ज मो. हारुन, केन्द्रीय सदस्य शान्ति ढकाल, जिल्ला अध्यक्ष किस्मत कक्षपति सचिव रत्न खत्री लगायतको सहभागिता रहेको थियो । यसैबीच शनिबार नै बसेको पहिलो बैठकले संस्थापक अध्यक्ष रेशम विरही सिर्जनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । यसै गरी प्रेस चौतारी नेपाल बाँकेको बैठक शनिवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा नेपालगन्जमा बसेर विभिन्न निर्णय गरेको छ । बैठकले नवौं अधिबेशन सम्पन्न गर्न भुमिका निर्वाह गर्ने निवर्तमान कार्यसमिति, संगठनका अग्रज एवं सम्बन्धित सबै सरोकार पक्षहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यसै गरि प्रेस चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको नाममा रेशम विरही सृजनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको सचिव कमल डाँगीले जानकारी दिनुभयो । बैठकले संगठन सुदृधिकरण अभियान संचालन गर्दै प्रेस चौतारी बाँकेलाई जिल्ला कै अग्रणी पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्ने गरि गतिविधी संचालन गर्ने निर्णय गरेको छ । बैठकले कोभिड संक्रमण दर बढ्दै गएको हुँदा उच्च सावधानी अपनाएर कार्य क्षेत्रमा खटिन हुन सम्पुर्ण बाँके जिल्लाका संचारकर्मीहरुमा अनुरोध गरेको छ ।