४ जेष्ठ २०८२, शनिबार

बाँकेको कोहलपुरमा प्रधानमन्त्रीको पुत्ला दहन
  • न्युज मानसराेवर

कोहलपुर \नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागेश्वरी एकाइ कमिटि र कोहलपुर नगर कमिटि द्धाराआज कोहलपुरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।  उनीहरुले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने र स्थानिय तहको निवार्चनको मिति घोषणा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन।

पछिल्लो समय नेकपा एमालेको भातृय संगठनहरु युवा संघ नेपाल ,अनेरास्ववियुले ज्ञापनपत्र बुझाउने देखी विभिन्न विरोद्धका कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्दै आइरहेका छन।

पुत्ला दहन कार्यक्रममा युवा संघ बाँकेका इन्चार्ज खेमराज शर्मा, अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन घिमिरे , अनेरास्ववियु जिल्ला उपाध्यक्ष बिकल भट्टराई,  लगायतका युवा नेताहरुले सरकारको चर्को विरोद्ध गरेका छन।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech