७ बैशाख २०८२, आईतवार

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
  • न्युज मानसराेवर

बाँके\ साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंक घटेको छ।

बुधबार २२.०६ अंक घटेर २८१३.५२ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा  ०.१९ अंक घटेर २८१३.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६ कम्पनीको ३ लाख १३ हजार ३७३ रुपैयाँ ८० पैसा बराबरको २ हजार २८३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ३ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech