७ बैशाख २०८२, आईतवार

फागुन १ गतेदेखि लागू हुने गरि निक्षेपको ब्याजदर बढाउँदै बैंकहरु
  • न्युज मानसराेवर

बाँके\ वाणिज्य बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने भएका छन्।

३ महिना अगाडि नेपाल राष्ट्र बैंकले दोहोरो अंकमा नजाओस् भनेर ब्याजदर बढाउन रोक लगाएको थियो। तर, यो महिना भने राष्ट्र बैंकबाटै ब्याजदर बढाउन दबाब आएका कारण फागुनबाट लागू हुने गरि बैंकहरुको ब्याजदर बढ्ने एकजना बैंकरले जानकारी दिएका छन्।

राष्ट्र बैंकले निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा ९एसएलएफ० को दर बढाउने भएपछि बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको ती बैंकर बताउँछन्। अहिले राष्ट्र बैंकले बैंकहरुलाई दिने एसएलएफको ब्याजदर ५ प्रतिशत छ।

संघले सबै बैंकरलाई सहमतिका बारेमा जानकारी गराइसकेको छ। अब बैंकहरुले फागुन १ गतेबाट लागू हुने ब्याज दर बढाएर प्रकाशित गर्ने छन्।

अब नयाँ ब्याजदर कायम हुँदा राष्ट्रियस्तरको ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकको ब्याजदर ११.५६ प्रतिशत हुने पोखरेलको भनाइ छ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech