७ बैशाख २०८२, आईतवार

पेट्रोलियम पदार्थको आयात वृद्धि
  • न्युज मानसराेवर

बाँके\कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष सुस्ताएको  पेट्रोलियम  पदार्थको  आपूर्ति व्यवस्था   चालू   आर्थिक   वर्षमा   भने उल्लेख्य वृद्धि भएको छ ।नेपाल  आयल  निगमका  अनुसार चालू   आर्थिक   वर्षको   छ   महिनामा कोरोनाको   प्रभाव   कम   देखिएकाले आयात   वृद्धि   भएको   हो ।  निगमका प्रवक्ता  विनितमणि  उपाध्यायका  अनुसार वीरगञ्ज  नाकाबाट  मात्रै  छ  महिनामा पेट्रोल  २५  प्रतिशत,  डिजेल  २२  प्रतिशत, खाना  पकाउने  ग्यास  १५  प्रतिशतले  बढी आयात  भएको  छ ।  मट्टीतेल  भने  ४० प्रतिशत कम आयात छ ।  गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।

  • ३ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech