९ मंसिर २०८१, आईतवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैजनाथमा ६ विद्यालय छनोट
  • न्युज मानसराेवर

बैजनाथ\ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् ।

बैजनाथ गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका हुन।

बैजनाथ गाउँपालिका वडा न.२ मा जनता आर्दश मावि जब्दहवा ४ कोठा भवन निमार्णका लागि छनोटमा परेको छ।

त्यसै गरी बैजनाथ गाउँपालिका वडा न ३ स्थित सरस्वती मावि ४ कोठा भवन निमार्ण , बैजनाथ वडा न ४ स्थित ने.रा. मा वि मा ४ कोठा भवन निमार्ण ,संझना मावि वडा न ६ स्थित २ कोठा भवन  निमार्ण, समावेशी मा वि बैजनाथ ४ तिलकपुर मा आईसीटी ल्याब व्यवस्थापन र इस्वरी मा वि बैजनाथ ६ एच गाउँ का लागि आईसीटी ल्याब व्यवस्थापन  गर्नाका लागि छनोटमा परेका हुन।

देशभरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम चारकोठे भवन ९ सय ७६, दुईकोठे भवन ९ सय ६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech