बाँके\ मानव अधिकार एलायन्स बाँकेमा नयाँ कार्य समिति चयन गरिएको छ । आज बाँकेका मानव अधिकारकर्मीहरुको भेलाले बसन्त गौतमको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन गरेको हो । गौतमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
मानव अधिकार एलायन्स समितिको उपाध्यक्षमा ललिता चौधरी थारु, सचीवमा राम शुहाबन सोनकर, सह सचिवमा घनश्याम आचार्य र कोषाध्यक्ष शोभना मिश्रालाई चयन गरेको छ ।
यसै गरी जिल्ला अधिवेशन बाट मिनु ओली शाह, रबि रोकाया, घनश्याम उपाध्याय, जसबिर बड, ज्ञानु स्वणकर, सनतकुमार कार्की, पुर्णप्रसाद पौडेल, केसवा रेग्मी, राजकुमार शुक्ला र कृष्ण गिरी सदस्यमा चयन भएका छन ।
भेलामा गैसस महासंघका केन्द्रीय सदस्य धर्मलाल रोकाय, बाँकेका पूर्व अध्यक्ष प्रभात कुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो ।