बाँके\ बाँके बैजनाथ गाउँपालिकाले महिला सहकारीलाई गाडी उपहार प्रदान गरेको छ । २३ लाख मूल्यमा खरिद् गरिएको गाडी बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल र उपाध्यक्ष शारदा विश्वकर्माले चाबी संयुक्त रुपमा सहकारीका अध्यक्ष तथा पदाधिकारीलाई प्रदान गरेका हुन। यस्तै हेफर प्रोजेक्ट नेपालका कार्यकारी निर्देशक डाक्टर तिर्थराम रेग्मीले गाडिका महत्वपूर्ण कागजातहरु प्रदान गरे ।
गाउँपालिकाको आर्थिक सहयोगमा संचालित परियोजना मार्फत गठित वडा नम्बर १देखी वडा न ४ का महिला सदस्यहरुका उत्पादित बस्तुको बजारीकरण गर्नाको लागि गाडी सहयोग स्वरुप उपहार गरिएको हो । गाडी उपहार कार्यक्रममा बोल्दै बैजनाथ गाउँपािलका अध्यक्ष मान बहादुर रुचालले समाज परिवर्तन गर्नाका लागि पहिला आफु बाट परिवर्तनको शुरुवात गर्नु पर्ने धारणा राखे । उनले स्थानीय सरकार उत्पादनका क्षेत्र पशुपन्छि , बाख्रा पालन तथा तरकारी उत्पादनका क्षेत्रमा स्वरोजगार सृजना गर्ने उदेश्यले गाउँपालिकाले हेफर मोडेल अनुसरण गर्दै परियोजना सँग साझेदारी गरेको बताए ।
रुचालले समृद्धबैजनाथ खुसी नेपालीको अभिभारा यहाँहरु बाट शुरुवात भएको बताए । उनले स्थानीय सरकार राज्यका आर्थिक निति मध्य सहकारी संचालन निति अबलम्बन गरिरहेको समेत बताए । कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले हेफरले महिलाहरुको सामाजिक र आर्थिक शसक्तिकरणका लागि विगत लामो समय देखी काम गर्दै आइरहेको बताए । उनले बैजनाथ गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा संचालित परियोजनको प्रतिफल यहाँको समाजमा आएको परिवर्तन रहेको बताए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष कालीबहादुर सिंहले सहकारीलाई वडा तहबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । समाजमा आएको परिवर्तन संस्थागत गर्नाका लागि सहकारीको नीति सर्व उत्कृष्ट रहेको बताएका छन। परियोजना मार्फत १,२,३,र ४ वडाका महिला समुहलाई समाहित गरी बैजनाथ सामाजिक उद्यमी सहकारी संचालित छ ।
बैजनाथ गाउँपालिका र र हेफर प्रोजेक्ट नेपाल तथा उत्पीडित सामुदायिक उत्थान केन्द्र द्धारा संयुक्त रुपमा साना किसान उद्यमी सुदृढिकरण परियोजना सञ्चालन गरिरहेको छ । हाल सहकारीमा सदस्य संख्या १५ सय महिला आवद्ध रहेका छन । गाउँपालिकाको ७० प्रतिशत हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत तथा उत्पीडित सामुदायिक विकास केन्द्रको ५ प्रतिशत साझेदारीमा परियोजना मार्फत सहकारी सञ्चालन हुँदै आएको छ ।
सहकारीले महिलाहरुको व्यक्तित्व, सामाजिक तथा आर्थिक विकासमा काम गर्दै आएका छन् । सहकारीमा महिलाकै नेतृत्व छ । सहकारीका अध्यक्ष कल्पना थापामगरले सहकारीमा आवद्ध महिला स्वरोजगारीमा लागेको दावि गरेकी छन ।
अहिले सहकारीमा आवद्ध महिलाहरुले बाख्रा, भैसी, बंगुर, कुखुरा पालन तथा तरकारी,च्याउ खेती गर्दै आएको बताइन। परियोजना मार्फत महिलाहरुका उत्पादन बजारीकरण गर्नाको लागि स्थानीय सरकार बाट गाडी प्राप्त हुँदा खुसी लागेको र थप जिम्मेवारी महशुस भएको बताएकी छन । कार्यक्रममा गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकाया हेफर प्रोजेक्टका अधिकारी बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य वडा सदस्य उत्पीडित सामुदायिक विकास केन्द्रका पदाधिकारी कर्मचारी सहकारमिा आवद्ध महिला समुह सदस्य लगाएतको सहभागिता रहेको थियो ।