बुटवल\ लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ । उनी जनता समाजवादी पार्टीकी सांसद हुन् । पार्टीको सिफारिसमा सभामुखले कारबाही गरेपछि अदालत गएकी उनले पार्टीले कारबाही फिर्ता गरेको पत्र नबुझाएपछि पद नै खारेज भएको हो ।सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उनको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद खारेज भएको अदालत स्रोतले जनाएको छ । पत्र बुझाउने म्याद फागुन ४ गतेसम्मका लागि तोकिएको थियो ।