दाङ \दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि ‘खुत्रुके अभियान’ शुरू गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा यो अभियानको थालनी गरिएको हो ।
संघका अध्यक्ष रामप्रसाद चालिसेले रू। ५१ हजारको चेक हस्तान्तरण गर्दै यो अभियानको शुरुआत गरेका हुन् । अभियानमा सहयोगका लागि टरिगाउँ विमानस्थलको नाममा राष्ट्रिय वाणिज्य बैंकमा बैंक खातासमेत सञ्चालनमा ल्याएको अध्यक्ष चालिसेले बताए ।
‘सबैको सहयोगबाट विमानस्थलको स्तरोन्नति गर्न सकिन्छ भन्ने उद्देश्यले खुत्रुके अभियान शुरू गरेका हौं’, अध्यक्ष चालिसेले भने, ‘विमानस्थलको नाममा खोलिएको बैंक खातामा स्वदेश तथा विदेशबाट सबैले स्वैच्छिक सहयोग गर्नु सक्नुहुनेछ,’ चालिसेले भने । अभियानको नेतृत्व उद्योग वाणिज्य संघले गरेकाले आफूले सोमवार मात्रै संघका कोषाध्यक्षलाई ५१ हजारको चेक हस्तान्तरण गरेर अभियानको थालनी गरेको उनले बताए ।